१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सहकारीले संकलित पुँजीको उचित परिचालन गरेनन् : रजिस्ट्रार घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:२o:oo

सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले सहकारीलाई पुँजी संकलन गर्ने साधनका रूपमा प्रयोग गरिएको बताएका छन्। 

बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजनामा भएको गोष्ठीमा बोल्दै घिमिरेले सहकारीले सदस्यबाट संकलित पुँजीको उचित परिचालन गर्न नसक्दा समस्या भएकोे बताए।  

‘सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयक आज कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले लेखा सुपरिवेक्षण समिति सहकारीको ‘वाचडग’का रूपमा रहनुपर्ने उल्लेख गरे। 

लेखा समितिले संस्थाको सुपरिवेक्षण प्रभावकारी रूपमा गर्नुपर्ने उनको भनाइ छ। सहकारी क्षेत्रलाई समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि संविधानले अंगीकार गरेको छ। अहिले सहकारीमा नीतिगत तथा संस्थागत संरचनाका समस्या धेरै देखिएको उनको बुझाइ छ। 

अधिकांश सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा पारिवारिक एकाधिकार भएकाले  सहकारीमा समस्या देखिएको उनले बताए। 

सात वर्ष पहिले ऐनमा गरेको व्यवस्था कर्जा असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोष स्थापना नहुनु समस्या देखिएको उनले औँल्याए। सहकारीले ९३ हजार सात सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको थियो । दिगो विकास लक्ष्य प्राप्तिमा वार्षिक १४.८१ प्रतिशत लगानी सहकारी क्षेत्रको छ।

ad
ad