१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ ६ आइतबार १६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

गुरुकुलमा विराट वाङमय उत्सव हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:४७:oo

आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते विराट वाङमय उत्सव हुने भएको छ।

गुरुकुलको आयोजनामा हाटखोलास्थित परिसरमा विविध कविता वाचन, अनेक साहित्यिक तथा सामाजिक मुद्दाहरूमा छलफल गरेर उत्सव मनाउन लागिएको हो।

वैशाख २८ गते विराटनगर महानगरपालिकाका प्रमुखले उद्घाटन गरेर सुरु हुने कार्यक्रममा कवितामाथि बनाइएका चित्र प्रदर्शनी र कविता वाचनको कार्यक्रम राखिएको छ। त्यस्तै, कता रुमलियो विराट विरासत, नेपाली भाषाको बहाव, मञ्चमा ‘म’, भोलि बास्ने कवि : सम्झनामा कृष्णभूषण बल, नेपाली साहित्य सिर्जनाका नवीनतम आयामहरूलगायत शीर्षकमा छलफल गरिनेछ।

यस्तै दोस्रो दिन मातृभाषी कविता वाचनसँगै राजनीति र साहित्य : साहित्यमा राजनीति, योगवाणी र योगमाया, आख्यानमा चरित्र निर्माण : परिकल्पना र प्रस्तुति, पात्र र लैंगिकतालगायत विषयमा छलफल हुनेछ । 

सोही दिन समकालीन रचना वाचन र गजल वाचन गर्दै कार्यक्रम समापन हुने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उत्सवमा मुकुन्द प्रयास, विवश पोखरेल, देवान किराँती, हाङ्युग अज्ञात, जसराज किराँती, सीमा आभासलगायतको सहभागिता रहनेछ।

कोशी प्रदेशका १४ वटै जिल्लाका कवि तथा साहित्यकारको सहभागिता र रचना वाचनसँगै अन्य साहित्यिक–सामाजिक विषयमा छलफल गरी गर्न लागिएको कार्यक्रम विराटनगरमा पहिलो हो।

ad
ad