थप १६७४ जनामा कोरोना पुष्टि, उपत्यकामा थपिए ८९९ संक्रमित

शनिबार, ६ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार शनिबारसम्ममा कोरोना संक्रमितको संख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेको छ।

काठमाडाैं उपत्यकाका तीन जिल्लामा तीन सय ८७ महिला र पाँच सय १२ पुरुष गरी ८९९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ।

त्यस्तै पछिल्लो २४ घन्टामा दुई हजार तीन सय २३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ९३ हजार तीन सय २५ पुगेको छ।

सुझावित समाचार