Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ मङ्सिर ६ शनिबार ०८:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ मङ्सिर ६ शनिबार ०८:२०:००

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका– १२ का ३३ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शुक्रबार बेलुका मृत्यु भएपछि कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले धेरै प्रयास गर्दा पनि उहाँलाई बचाउन नसकिएकाे बताए ।  कँडेलले भने, ‘मृतक ज्वरोका कारणले पाँच दिनदेखि स्थानीय मेडिकलमा उपचाररत रहेकोमा अन्तिम अवस्थामा प्रदेश अस्पतालमा भर्ना हुनुभएकाे थियो ।’

कर्णालीमा हालसम्म सुर्खेतका १०, दैलेखका चार, अन्य प्रदेशका दुई, डोल्पा, कालिकोट र रुकुमपश्चिमका एक–एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए । 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार पाँच सय ७१ पुगेको छ । त्यसमध्ये ६ हजार १५ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।