१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १९:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्रियाशील सदस्यता विवरण पठाउन जिल्ला सभापतिलाई कांग्रेसको निर्देशन

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १९:१५:००

प्रतिपक्षी दल कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मंसिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ । 

कांग्रेसको गत २८ कात्तिकको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई २ मंसिरमा निर्देशन गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

जिल्ला कार्यसमितिले केन्द्रको परिपत्रको सबै प्रक्रिया पूरा गरेर नामावली सूची प्रकाशित गरी विधानबमोजिम आवश्यक कागजात र तोकिएअनुसारको शुल्कसहित मंसिरभित्र अनिवार्य रूपमा केन्द्रमा पठाउनुपर्नेछ । 

कांग्रेस मुख्यसचिव पौडेलका अनुसार गत १३ फागुन र २२ साउनमा केन्द्रबाट जारी गरिएको क्रियाशील सदस्यता वितरणसम्बन्धी परिपत्रअनुसारको प्रक्रिया पूरा नगरी वितरण गरिएका र केन्द्रमा पठाइएका क्रियाशील सदस्यताको नामावली (नयाँ र नवीकरण) स्वीकृत नहुने भएको छ ।

कांग्रेसको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका रहने क्रियाशील सदस्यता सङ्ख्या हाल करिब पाँच लाख रहेकाे छ । कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा सो सङ्ख्या दोब्बर हुने पार्टी कार्यालयले जनाएको छ । 

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी ७ देखि १० फागुनसम्म निर्धारण गरी सोहीअनुसार कार्यतालिका सार्वजनिक गरिसकेको छ । कांग्रेसको १३औँ महाधिवेशन ०७२ फागुन २० देखि २३ सम्ममा काठमाडौंमा भएको थियो । कांग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्को व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ ।