मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १७:०१:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

देवेन्द्र बब्लु र एलिना चौहानको ‘मायाले नि के-के गर्च गर्च’ गीत सार्वजनिक (भिडियोसहित) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १७:०१:००

गायक तथा कलाकार देवेन्द्र बब्लु र गायिका एलिना चौहानको स्वर रहेको ‘मायाले नि के-के गर्च गर्च’ बाेलकाे गीत सार्वजनिक भएको छ। 

गीतको म्युजिक भिडियोमा प्रकाश घिमिरे, देवेन्द्र बब्लु, रोशनी कार्कीले अभिनय गरेका छन् । म्युजिक भिडियो द्वन्द्वकालीन समयको वियोगान्त प्रेमकथामा आधारित छ ।  

हर्क साउदको शब्द, गायक देवेन्द्रको संगीत तथा गीतको संयोजन योगेश काजीले गरेका छन् ।  यस्तै विशाल घिमिरेको निर्देशन, अनिलकृष्ण मानन्धरको छायांकन र प्रवीण भट्टको सम्पादन रहेको म्युजिक भिडियो देवेन्द्रको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। 

केही समयअघि बब्लु र एलिनाले गाएको ‘म हाँसे हास्छौ र’ बोलको गीत निकै चर्चित बनेको थियो ।