काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार भएको छ। मुम्बईमा घरनजिकै गोली प्रहार भएको हो। गोली उनका चालकलाई लागेको छ। टाइगर सुरक्षित रहेको मुम्बई प्रहरीले जनाएको छ।
जुहुमा फुटबल खेलेर घर फर्कने क्रममा उनलाई लक्षित गरी मोटरसाइकलमा सवार व्यक्तिहरूले गोली प्रहार गरेका हुन्। यो घटनाले सिंगो बलिउड त्रसित बनेको छ ।
लामो समयपछि बलिउड अभिनेतामाथि आपराधिक समूहबाट गोली प्रहार भएको हो । लरेन्स विश्नोईको समूहले आक्रमण गरेको आशंका गरिएको छ। लरेन्सनिकट अनिल पण्डितले सो घटनाको जिम्मेवारी लिँदै सलमान खानलाई पनि धम्की दिएका छन्। भारतमा पछिल्लो समय संगठित अपराधमा सो समूहले सबैभन्दा सक्रिय छ। बारम्बार सो समूहले विभिन्न व्यक्तिहरूमाथि आक्रमण गर्दै आएको छ।