दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता र उत्साह समेटिएको नयाँ लोक–आधुनिक गीत ‘आइपुग्यो दसैँ यो आँगन’ बडादसैँको अवसरमा सार्वजनिक भएको छ।

गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र गायक समीर खरेलको स्वर रहेको छ। शान्ता केसी कुँवर र डा. ईश्वरीजंग कुँवरको शब्द रहेको गीतमा डा. कुँवरको संगीत तथा रिकेश गुरुङ ‘किज’को संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गरिमा शर्मा र प्रभातपाल ठकुरीको मुख्य अभिनय रहेको छ भने चाँदनी कुँवरले यसै भिडियोमार्फत डेब्यु गरेकी छिन्। भिडियोको निर्देशन तथा सम्पादन राजुजंग बस्नेत, नृत्य निर्देशन सुमित राजवंशी, छायांकन पवन सुस्लिङ र कलर संयोजन कुनाल कुँवरले गरेका हुन्।

लोक–आधुनिक सांगीतिक स्वादमा तयार पारिएको यो गीत दसैँको उल्लाससँगै दर्शक तथा श्रोताहरूलाई छमछमी नचाउने खालको छ। ‘मालश्री गुञ्जियो धुन, आइपुग्यो दसैँ यो आँगन’ भन्ने पङ्क्तिबाट सुरु हुने गीतमा पारिवारिक मिलन, परदेशबाट आफन्तको आगमन, चंगा, लिंगेपिङ, टीका, जमरा र मान्यजनको आशीर्वादजस्ता दसैँका मौलिक पक्षहरू समेटिएका छन्। 

प्रयासी परिवारको प्रस्तुतिको रूपमा आएको गीत गीतकोश नेपाल च्यानलबाट सार्वजनिक भएको हो। 

भिडियोः 

सुझावित समाचार