१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ मङ्सिर २ मंगलबार ११:१४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कोरोना नियन्त्रणमा हुम्लाका सात स्थानीय तहले खर्च गरे झन्डै पाँच करोड

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर २ मंगलबार ११:१४:००

हुम्लाका सात स्थानीय तहले करिब पाँच करोड रुपैयाँ कोरोना भाइरस रोकथाम न्यूनीकरण तथा सचेतनाका लागि खर्च गरेका छन् ।

प्रत्येक गाउँपालिकाले सालाखाल ५५ लाख रकम खर्च गरेका छन् भने कर्णाली प्रेदश सरकारले प्रतिगाउँपालिका १५ लाखका दरले बजेट उपलब्ध गराएको थियो । 

कोभिड– १९ को रोकथाम तथा न्यूनीकरणका लागि अदानचुली गाउँपालिकाले ६० लाख, खार्पुनाथ गाउँपालिकाले ५४ लाख, चंखेली गाउँपालिकाले ४३ लाख, ताँजाकोट गाउँपालिकाले ५८ लाख, नाम्खा गाउँपालिकाले ३१ लाख, सर्केगाड गाउँपालिकाले ४८ लाख र सिमकोट गाउँपालिकाले ८७ लाख गरी तीन करोड ८१ लाख गाउँपालिकाको आन्तरिक बजेटबाट खर्च गरेका छन् ।

प्रत्येक गाउँपालिकाले दामासाहीका हिसाबले पाएको १५ लाख गरी एक करोड पाँच लाख गरी चार करोड ८६ लाख खर्च गरेको जानकारी हुम्लाका सात गाउँपालिकाका लेखा अधिकृतबाट प्राप्त भएको छ ।

खार्पुनाथ गाउँपालिकाले गत आ.व. २०७६–०७७ मा कोभिड–१९का लागि खर्च भएको ५४ लाखमध्ये ३३ लाख भुक्तानी गरेर बाँकी रहेको २१ लाख योे चालू आवमा भुक्तानी दिने तयारीमा रहेको खार्पुनाथ गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले बताएका छन् ।

यसैगरी नाम्खा गाउँपालिकाको कुल खर्च ४६ लाख भएको छ । जसमा प्रदेशबाट प्राप्त १५ लाख र गाउँपालिको ३१ लाख भएको थियो । 

उक्त गाउँपालिकाले २५ लाख भुक्तानी गरे पनि ६ लाख यो चालू आवमा भुक्तानी गरिने लेखा अधिकृत अश्विनी देवकोटाले जानकारी दिएका छन् ।

हुम्ला जिल्लाका सात स्थानीय तहले कोभिड– १९ का लागि खर्च गरिएको करिब पाँच करोड रुपैयाँमा धेरैजसो बिल मिलाएर रकमको दोहन गरेको आरोप पनि स्थानीयले लगाउने  गरेका छन् । 

यस्ताे छ खर्चकाे अवस्था -

गाउँपालिका                    गाउँपालिका बजेट        कर्णाली प्रदेशले दिएको बजेट
नाम्खा गाउँपालिका           ३१ लाख                     १५ लाख
सिमकोट गाउँपालिका        ८७ लाख                     १५ लाख
खार्पुनाथ गाउँपालिका        ३३ लाख                     १५ लाख
सर्केगार्ड गाउँपालिका         ४६ लाख                     १५ लाख
चंखेली गाउँपालिका           ४३ लाख                     १५ लाख
अदानचुली गाउँपालिका      ६० लाख                     १५ लाख
ताँजाकोट गाउँपालिका       ५८ लाख                     १५ लाख