१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रहरीले सहकारीको काठ चोरेको भन्दै स्थानीयद्वारा प्रहरी चौकी घेराउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:३५:oo

रौतहटको चन्द्रपुर– ८ सन्तपुरमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक दीनानाथप्रसाद यादवले सहकारीको काठ चोरेको भन्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन् । 

यादवले सन्तपुर प्रहरी चौकी रहेको साझा सहकारी संस्थाको काठ चोरेर फर्निचर बनाएर घर लगेको भन्दै स्थानीयले सोमबार बिहानै चौकी घेराउ गरेका हुन् ।

चोरी भएको काठको क्षतिपूर्ति तिर्नुपर्ने भन्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेको चन्द्रपुर– ८ का वडाध्यक्ष जितेन्द्र चौधरी बताए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गायत्रीराज शर्माले प्रहरी सहायक निरीक्षक यादवले गल्ती गरेको भए कारबाही हुने बताए । प्रहरी चौकी बसेकै सहकारीको काठ यादवले बेचेपछि स्थानीय आक्रोशित भएका हुन् ।
 

ad
ad