१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२o८१ बैशाख २५ मंगलबार o७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

कर्णालीका अधिकांश  संक्रमित होम आइसोलेसनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:२३:oo

कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका अधिकांश कोरोना भाइरस संक्रमित होम आइसोलेसनमा बसेका छन् । शुक्रबारसम्म कर्णालीमा पाँच सय ५९ जना सक्रिय संक्रमित रहेका छन् ।

उनीहरूमध्ये अधिकांश होम आइसोलेसनमा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सबैभन्दा बढी सुर्खेतमा ६ सय ४० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । उनीहरूमध्ये वीरेन्द्रनगर नगरपालिकामा तीन सय ७१ र भेरीगंगा नगरपालिकामा दुई सय ६९ जना रहेका छन् । 

त्यस्तै, सल्यानमा रहेका १४ जना संक्रमित होम आइसोलेनमै छन् । रुकुम (पश्चिम)मा १८ जनामध्ये आठ, जुम्लामा ४६ मध्ये ३३ जना होम आइसोलनमा बसिरहेका छन् । मुगुका सबै ११ जना होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा ३८ जनामा संक्रमण देखिएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये सुर्खेतमा २४, हुम्लामा चार, रुकुम पश्चिममा दुई, जाजरकोट, दैलेख, सल्यानमा एक–एकजनामा संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृषबहादुर शाहीले बताए ।

ad
ad