१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ कार्तिक २७ बिहीबार १२:३८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

राष्ट्रिय सभाका पूर्वसांसद लिम्बूको कोरोना संक्रमणका कारण निधन

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २७ बिहीबार १२:३८:००

राष्ट्रिय सभाका पूर्वसांसद इन्द्रहाङ लिम्बूको कोरोना संक्रमणका कारण बिहीबार बिहान होम आइसोलेसनमा निधन भएको छ । 

सुनसरीको धरान– १८ का ९२ वर्षीय लिम्बूको निवासमै बिहान निधन भएको परिवारले जनाएका छन् । 

धरान– १८ का वडाध्यक्ष नरेन्द्रकुमार राईका अनुसार मधुमेहलगायतका दीर्घरोग भएका लिम्बूलाई गत आइतबार स्वास्थ्यमा थप समस्या देखिएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पुऱ्याइएको थियो । 

आइतबार नै घर फर्केका उनमा सोमबार मात्र कोरोना पजिटिभ देखिएको थियो । 

०४८ सालपछि उनी राष्ट्रिय सभामा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसको केन्द्रीय प्रतिनिधिसमेत भइसकेका क्रियाशील कार्यकर्ता थिए ।

लिम्बूको शव व्यवस्थापनका लागि धरान उपमहानगरपालिका र नेपाली सेनासँग समन्वय गरी आज दिउँसो १ बजेसम्ममा शव व्यवस्थापन गर्ने तयारी भइरहेको वडाध्यक्ष राईले जानकारी दिए ।