१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७७ कार्तिक १९ बुधबार २०:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खतिवडाको संसदीय सुनुवाइ : आफूलाई बाइपास गरिएको उजुरीकर्ताको गुनासो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं 
२०७७ कार्तिक १९ बुधबार २०:०९:००

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको संसदीय सुनुवाइमा आफूहरूलाई बाइपास गरिएको उजुरीकर्ताले बताएका छन् । समितिले उजुरीकर्ताहरू सम्पर्कमा नआएको भन्दै उजुरीउपर छलफल नै नगरी २७ कात्तिकमा खतिवडाको संसदीय सुनुवाइ तय गरेको छ ।
 
संसदीय सुनुवाइ समितिमा डा. खतिवडाविरुद्ध तीनवटा उजुरी परेका थिए । जसमध्ये एउटा उनी गभर्नर हुँदा क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको घोटालामा मिलेको आरोपसहित  उजुरी परेको थियो । केही महिनाअघि राष्ट्र बैंकले सबै अवस्था राम्रो भनेर रिपोर्ट बनाएर बोनससमेत स्वीकृत गरेको र लगत्तै संकटग्रस्त घोषणा गरेको थियो । संस्थाको अनियमिततामा त्यतिवेला राष्ट्र बैंककै मिलेमतो रहेको र  छानबिनको क्रममा नाइकेहरूलाई उन्मुक्ति दिएको तथा नक्कली ऋणीहरूलाई फसाएको भन्दै संसदीय समितिमा उजुरी परेको थियो ।

 संसदीय सुनुवाइको क्रममा उजुरीकर्तासँग छलफल हुने गर्दछ । तर,आफूहरूलाई सम्पर्क नै नगरी उजुरीकर्ताहरू सम्पर्कमा नआएको समाचार पढ्दा अचम्म लागेको उजुरीकर्ता विकास कार्कीले बताए । उनले समितिका सांसदहरूलाई भेटेर बुधबार यसबारे गुनासो गरेका छन् । 

सो प्रकरणमा  धितोबाट कर्जा असुली हुने अवस्था भए पनि धितो लिलामी प्रक्रिया नै रोकेर नक्कली ऋणीलाई फसाइएको आरोप खतिवडामाथि छ । 

सो ठगी प्रकरणमा मुख्य योजनाकार शम्भु केसी जेल बसेर छुटिसकेका छन् भने उनका ज्वाइँ पवन कार्की अमेरिकामा छन् । कार्कीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरे पनि उनलाई नेपाल प्रहरीले पक्राउ गरेर ल्याउन सकेको छैन ।