१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १९ बुधबार
  • Monday, 07 July, 2025
एजेन्सी
२o७७ कार्तिक १९ बुधबार १४:o७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भूकम्पमा परी पुरिएकी बालिकाको ९१ घन्टापछि जीवित उद्धार

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ कार्तिक १९ बुधबार १४:o७:oo

यसै साता टर्कीमा ७ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा एक सय दुई व्यक्तिको ज्यान गएको छ । 

तर, मंगलबार टर्कीमा अचम्मको घटना भयो । चार वर्षीया बालिकाकाे भूकम्प गएको ९१ घन्टापछि सकुशल उद्धार भएको छ । उद्धार टोलीले एक भवनको भग्नावशेषबाट बालिकालाई उद्धार गरेको स्थानीय एजेन्सीहरूले जनाएका छन् । 

भग्नावशेष पन्छाउने क्रममा उद्धार टोलीले आयदा नाम गरेकी ती बालिकालाई सकुशल बाहिर ल्याएको हो । 

उद्धार टोलीले यस घटनालाई भगवानको वरदान भनेको छ । आयदा भग्वावशेषभित्र जोखिमपूर्ण अवस्थामा थिइन् । 

उनलाई उद्धार गर्न टोलीले विशेष सावधानी अपनाएको थियो । आयदालाई तत्कालै एम्बुलेन्सको सहयोगमा अस्पताल पुऱ्याइएको छ । उद्धार टोलीकी एक सदस्य नुसरत अक्योसले भित्रबाट एक बच्चा रोइरहेको र चिच्याइरहेको सुनेको बताइन् । 

त्यसपछि त्यहाँ बच्चा जीवित रहेको अनुमान लगाउँदै उद्धार कार्यमा जुटेको नुसरतले बताइन् । 

उनी भन्छिन्, ‘हामीलाई त सुरुमा विश्वास नै लागेन, ९१ घन्टासम्म चार वर्षीया बालिका जीवित छिन भनेर, भग्नावशेष पन्छाउने क्रममा ती बालिका एउटा डिस वासरनजिक भेटिइन् ।’ 

सोमबार मात्र यसै उद्धार टोलीले एउटा भत्केको भवनबाट तीन वर्षीया बालिकाको उद्धार गरेको थियो ।

३० अक्टोबरमा आएको भूकम्पले टर्कीमा अहिलेसम्म नाै सय ९४ जना व्यक्ति घाइते भएका छन् । 

स्थानीय अधिकारीहरूले पाँच भवनमा जीवित व्यक्ति रहेका जनाएकाले उद्धार टोली त्यसतर्फ लागेका छन् । 

आपतकालीन अवस्थाका लागि सरकारले ३५ सय टेन्ट लगाएको छ । यहाँ १३ हजार ओछ्यानको बन्दोबस्त गरेको छ ।