१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
कमल खत्री म्याग्दी
२०७७ कार्तिक १९ बुधबार १०:३३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश सभा सदस्य केसी र नेकपा म्याग्दीका सचिव श्रेष्ठलाई कोरोना

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७७ कार्तिक १९ बुधबार १०:३३:००

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य  विनोद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरोसहित कोरोनाको लक्षण देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब दिएकोमा मंगलबार साँझ आएको रिपोर्टअनुसार आफूलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश सभा सदस्य केसीले बताए । 

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा परेका श्रेष्ठले आफूसहित आफ्नो परिवारका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

म्याग्दी निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित प्रदेश सभा सदस्य केसी र नेकपा सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू कोरोना संक्रमित भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा रहेकाहरूलाई सजगता र सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

सांसद केसी र सचिव श्रेष्ठसहित म्याग्दीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । सबैजना कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

सोमबार संक्रमितको सम्पर्कमा रहेका ४६ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । म्याग्दीमा हालसम्म जिल्लाबाटै स्वाब संकलन गरी पठाएकोमध्ये एक सय आठजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लाको बेनी नगरपालिका– ७ का एक पुरुष, धौलागिरि गाउँपालिका– ७ का एक पुरुष र रघुगंगा गाउँपालिका– २ घर भई काठमाडौं बसोवास गर्ने एक पुरुष गरी तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।