१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

काठमाडौंमा १० जनालाई  ‘मेयर रिसर्च फेलोसिप’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:३१:oo

काठमाडौं महानगरपालिकाले नगर क्षेत्रको विकास, योजना, नीति निर्माण र कार्यान्वयनका सम्बन्धमा अध्ययन, अनुसन्धान गर्न १० जनालाई ‘मेयर रिसर्च फेलोसिप’ प्रदान गरेको छ । 

यस वर्ष फेलोसिपमा प्रतीक खनाल, कृति प्रधान, सुरज गौतम, राजीव पोखरेल, सम्राट बस्याल, नवीनराज जोशी, कृपा सिग्देल, मनीषमान श्रेष्ठ, रवीन्द्र के सुवाल र गोपीकृष्ण ढुंगाना छनोट भएका छन् ।

विद्यालयमा गैरसंक्रामक रोगको जोखिम र स्वस्थ जीवनशैली, पैदलयात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा प्रभाव, ठमेल क्षेत्र, निलो पूर्वाधार म्यापिङ, उपत्यकाको वायु गुणस्तर र प्रदूषण संयन्त्रसम्बन्धी विश्लेषण, महानगरका नेवार समुदायको गरिबी र निवारण पद्धतिलगायत विषयमा उनीहरूले अध्ययन–अनुसन्धान गर्नेछन् ।

महानगरको नीति, योजना तर्जुमा र दिगो विकासका लागि सहयोग पुग्ने विषयमा अध्ययन, अनुसन्धानका लागि फेलोसिप कार्यक्रम सुरु गरेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।

ad
ad