१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १२ बुधबार १६:३५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : आज थपिए १९ सय ५४ संक्रमित, निको भए २९ सय ८१ जना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १२ बुधबार १६:३५:००

पछिल्लो २४ घन्टामा भएको परीक्षणमा देशभर बुधबार १९ सय ५४ नयाँ संक्रमित थपिएका छन् ।

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ ।

यो अवधिमा आठ हजार दुई सय ४८ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दसैँ परेकाले अघिल्ला दुई दिन परीक्षण निकै घटेको थियो ।

यसैगरी आज २९ सय ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ । निको हुने दर ७५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  

हाल सक्रिय संक्रमित भने ३९ हजार ६ सय ४३ जना छन् ।

संक्रमितमध्ये दुई सय ९० जनाको आइसियू र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।