१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १o:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले ‘रअ’का प्रमुखसँग भेट्नु राष्ट्रिय स्वाभिमान कमजोर पार्ने कार्य : नारायणकाजी श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:१o:oo

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेट्नुले देशको राष्ट्रिय स्वाभिमान कमजोर पारेको बताएका छन् । श्रेष्ठ पूर्वपरराष्ट्रमन्त्रीसमेत हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले यसप्रकारको कार्यले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभाैमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने जनाएका हुन् ।

उनले विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट कूटनीतिक मूल्य र आचारसंहिताविपरीत भएकोसमेत जनाएका छन् । 

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीकाे यस भेटबारे पार्टीमा पूर्वजानकारी नभएको, छलफल नगरेको र पार्टीलाई कुनै जानकारी पनि नभएको जनाएका छन् । 

उनले प्रधानमन्त्रीले कुनै विदेशी गुप्तचर संस्थाका प्रमुखसँग कमकक्षीझैँ भेटेको नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको घटना पहिलो भएको उल्लेखसमेत गरेका छन् । प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूचीअनुसार विदेशी गुप्तर संस्थाका अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत भेटेको पनि जनाएका छन् । 

प्रवक्ताले श्रेष्ठले लेखेका छन्, ‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणका लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरूप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ ।’

उनले थप लेखेका छन्, ‘विदेशी सरकार प्रमुखले औपचारिक रूपमा आफ्नो विशेष दूतका रूपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युतर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर, त्यो पनि देखिएन, त्यसैले गम्भीर प्रश्न उठ्छ, विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट कूटनीतिक मूल्य र आचारसंहिताविपरीतको यस्तो भेट किन ?’

केही दिन पहिले विशेष विमानद्वारा नेपाल आएका भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गाेयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका थिए । 

त्यस भेटलाई लिएर सत्तारुढ दल नेकपाभित्रकै वरिष्ठ नेताहरूदेखि कूटनीतिक वृत्त तथा नागरिक समाजबाट विरोध भइरहेको छ । यही सन्दर्भमा नेकपाकै प्रवक्ता श्रेष्ठले पनि विरोधको विचार सार्वजनिक गरेका हुन् । 

ad
ad