१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक ८ शनिबार
  • Saturday, 05 July, 2025
गणेश लम्साल विराटनगर
२o७७ कार्तिक ८ शनिबार १o:५७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १ सरकारका प्रवक्ता कार्कीलाई कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ कार्तिक ८ शनिबार १o:५७:oo

प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । 

मन्त्री कार्कीले आफूलाई कोरोना संक्रमण भएकाले आफूसँग सम्पर्कमा आएकाहरूलाई सतर्क हुन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । उनका अनुसार २९ असोजमा गरेको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ भएको थियो । हाल उनी विराटनगरस्थित आफ्नै निवासको आइसोलेसनमा बसेका छन् । 

यसअघि प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई पनि कोरोना संक्रमण भएको थियो । उनी निको भइसकेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार चार सय ६८ पुगेको छ ।