१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १४:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद

आइपिएलका हस्तीहरूलाई फिक्का बनाइरहेछन् युवा खेलाडी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:३७:oo

युएईको आबुधाबी सारजहाँ तथा दुबई सहरमा १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता जारी छ । प्रतियोगिताको नवौँ चरण खेल समाप्तिको संघारमा छ । यस वेलासम्म सहभागी फ्रेन्चाइज टोलीमा आबद्ध स्टारदेखि युवा खेलाडीसम्मको प्रदर्शनबारे बहस सुरु भएको छ ।

नवौँ चरणसम्म नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अहिलेसम्म दिल्ली क्यापिटल्सबाट खेल्ने मौका पाएका छैनन् । सन्दीप मात्र होइन, विश्वमै तहल्का मच्चाएका चर्चित ब्याट्सम्यान र बलरलाई समेत यसपटक स्थान बनाउन मुस्किल परिरहेको छ । 

जारी आइपिएलमा सिनियर र नाम कमाएकाभन्दा तुलनात्मक रूपम युवा खेलाडीको प्रदर्शन राम्रो देखिएको छ । भारतीय खेलाडीको दृष्टिकोणमा आइपिएल यस्तो प्लेटफर्म हो, यहाँ गरेको प्रदर्शनको आधारमा राष्ट्रिय टोलीको बाटो तयार हुन्छ । जसप्रित बुमराह, हार्दिक पाण्ड्या, दीपक चाहर, नवदीप सैनी, कुणाल पाण्डयाले पनि आइपिएलमै उत्कृष्ट प्रदर्शन गरी राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । 

यसपटक भारतका देवदत्त पडिक्कल, शुभमन गिल तथा राहुल तेबितियाजस्ता युवा खेलाडीको प्रदर्शन कसैले बुझ्न सकेका छैनन् । उनीहरू आइपिएलमा औसत मूल्यमा बिक्री भएका थिए । तर, आबद्ध टोलीको हरेक जितमा उनीहरूले उत्कृष्ट योगदान दिएका छन् । यसकारण अहिले सिनियर खेलाडीसमेत धरापमा छन् । 

साबिक उपविजेता चेन्नई सुपरकिंग्सका महेन्द्रसिंह धोनी, दिनेश कार्तिक तथा रोविन उथप्पाजस्ता आइपिएलका हस्तीहरूको प्रदर्शन फिक्का बनिरहेको छ । रविचन्द्र आश्विन र पीयूष चावलाले अहिलेसम्म एक ओभर पनि मेडन फ्याँकेका छैनन् । लगभग प्रत्येक सिजनमा प्रदर्शनको तारिफ हुने खेलाडीहरू यसपटक कमजोर देखिएका छन् । 

डेब्यु आइपिएल नै सानदार
यसपटकको आइपिएलमा रोयल्स च्यालेन्जर्स बेंग्लोरले ओपनिङमा पडिक्कल तथा सनराइजर्स हैदराबादले प्रियम गर्गलाई मौका दिएका छन् । बेंग्लोरका कप्तान विराट कोहली तथा सनराइजर्सका कप्तान डेभिड वार्नरले युवा खेलाडीहरूलाई आइपिएलमा एक्सपोज गराउने रणनीति लिँदा पडिक्कल तथा गर्गले मौका पाए । पडिक्कले अहिलेसम्म नौ इनिङमा दुई सय ९६ रन जोडेका छन् । यसैगरी, गर्गले सात इनिङमा एक सय ६ रन बनाएका छन् । 

पडिक्कलले तीन तथा गर्गले एकपटक अर्धसतकीय इनिङ्स खेल्दै टोलीलाई जिताएका थिए । यसैगरी कोलकाता नाइट राइडर्सका सुभमन गिलले तेस्रो तथा मुम्बई इन्डियन्सका इशान कृषणले पाँचौँपटक आइपिएल खेलको मजा लिइरहेका छन् । शुभमनले नौ खेलमा दुई अर्धसतकीय इनिङ्सको मद्दतमा तीन सय ११ रन तथा इशानले सात खेलमा एक अर्धसतकको मद्दतमा एक सय ९३ रन जोडेका छन् । 

शुभमनभन्दा धोनी र कार्तिक पछाडि

आइपिएलकै सबैैभन्दा सफल कप्तान र खेलाडीका रूपमा धोनीलाई चिनिन्छ । उनले चेन्नईलाई तीनपटक उपाधि तथा पाँचपटक उपविजेता बनाएका छन् । तर, यसपटक धोनीसँग पुरोना शक्ति र जोस छैन । निकै सामान्य रूपमा उनले टोलीलाई अगाडि बढाइरहेका छन् । चतुर दिमाग भएका धोनी यसपटक ब्याटिङमा समेत पछि परेका छन् । यसैगरी कोलकाताका कार्तिकले ब्याटिङ राम्रो गर्न नसक्दा कप्तानी पद नै छाडे । 

धोनी र कार्तिकको रन जोड्दा पनि सुभमनको आसपाससमेत पुग्दैन । धोनीले एक सय ३६ रन तथा कार्तिकले एक सय ४१ रन बटुलेका छन् । यो दुवै रन जोड्दा पनि सुभमन नै अगाडि छन् । राजस्थान रोयल्सका रोविन उथप्पाले सात मौका पाउँदा केवल एक सय २४ रन मात्र बटुलेका छन् । 

अलराउन्डरमा जडेजाभन्दा राहुल राम्रा
रवीन्द्र जडेजासँग आइपिएलमा एक सय ८० खेलको अनुभव छ । आइपिएलमा केवल ३० खेल अनुभव बटुलिरहेका राहुल तेबतियासँगको अलराउन्डर प्रदर्शनमा जडेजा निकै पछाडि परेका छन् । राहुलले यसपटकको आइपिएलमा नौ खेलमा दुई सय २२ रन बनाउनुका साथै ६ विकेट हात पारेका छन् । यस्तै, जडेजाले नौ खेलमा एक सय ५९ रन बनाएका छन् । उनले चार विकेट लिएका छन् । 

यसैगरी किंग्स ११ पन्जाबका रवि विश्नोई र राजस्थानका अनुभवी खेलाडी कार्तिक त्यागीले डेब्यु आइपिएल स्मरणीय बनाएका छन् । दुवै बलरले आफ्नो जादुमयी बलिङका कारण ध्यानाकर्षण गर्न सफल भएका छन् । रविले नौ खेलमा नौ नै विकेट लिए । त्यागीले पाँच खेलमा पाँच विकेट लिएका छन् । 

योर्करमा नटराजन नै अघि
१३औँ आइपिएलमा हैदरावादका तीव्र गतिका बलर टी नटराजन सबैभन्दा बढी योर्कर फ्याँक्नेमा पर्छन् । उनको यो दोस्रो सिजन हो । पहिलोको तुलनामा दोस्रो सिजनको आइपिलमा उनले सबैलाई प्रभावित पारेका छन् । नटराजनले नौ खेलमा ११ विकेट लिएका छन् । सर्वाधिक विकेट लिने सूचीमा उनी शीर्ष दशभित्र पर्छन् । 

भारतीय टोलीका नियमित खेलाडी जसप्रितले अहिलेसम्म १७ पटक मात्र योर्कर फ्याँकेका छन् । विकेट लिनेमा बुमराह नटराजनभन्दा अघि छन् । बुमराहले नौ खेलमा १५ विकेट हात पारेका छन् । आइपिएलमा नटराजन तथा शिवम माभीले एक–एकपटक मेडन ओभर फ्याँकेका छन् । 
–एजेन्सीको सहयोगमा

ad
ad