१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोना उपचारका नाममा धुलिखेल अस्पतालको लुट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:२o:oo

दुई लाखसम्म धरौटी जम्मा गरेपछि मात्रै भर्ना

कोरोना परीक्षण र उपचारका लागि सरकारबाट साढे तीन करोड सहयोग लिएको धुलिखेल अस्पतालले संक्रमितलाई भर्ना गर्दा भने सामान्य नागरिकले बेहोर्नै नसक्ने धरौटी रकम माग्न थालेको छ । अस्पताल प्रशासनले सोमबार सूचना जारी गर्दै बिरामीअनुसार ५० हजारदेखि दुई लाखसम्म धरौटी जम्मा गरेपछि मात्रै भर्ना लिने जनाएको छ । 

सामान्य लक्षण भएका संक्रमितले ५० हजार धरौटी रकम जम्मा गरेपछि मात्रै भर्ना लिने अस्पतालको सूचनामा उल्लेख छ । त्यस्तै, मध्य–जटिल संक्रमितले भर्ना हुनुअघि एक लाख र आइसियूमा राख्नुपर्ने जटिल संक्रमितले दुई लाख धरौटी जम्मा गर्नुपर्नेछ । 

अस्पतालका अनुसार सामान्य लक्षण भएका बिरामीको उपचारमा दिनको तीन हजार पाँच सय, मध्य–जटिल संक्रमितको सात हजार पाँच सय र जटिल प्रकृतिका संक्रमितको उपचारमा दैनिक १५ हजार लाग्नेछ । धरौटी रकम जम्मा गरेर भर्ना भएका बिरामीले रोग निदानका लागि गरिने जाँचहरू, औषधि, अक्सिजन र भेन्टिलेटर प्रयोग गरेमा थप छुट्टै शुल्क तिर्नुपर्ने सूचनामा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पताललाई पिसिआर किट खरिद गर्न एक करोड र दशवटा आइसियू बेड थप्न दुई करोड ५० लाख सहयोग दिएको थियो । 

अस्पतालका एक उच्च अधिकारीले भने सूचना जारी गर्दा प्रशासनिक कमजोरी भएको दाबी गरे । ‘आजसम्म अस्पतालले धरौटी रकम लिएपछि मात्रै सेवा सुरु गरेको छैन । त्यसैले कोभिडका बिरामीको हकमा पनि त्यस्तो हुनै सक्दैन । सूचना निकाल्दा भाषागत त्रुटि देखियो,’ नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, ‘अस्पतालमा आएका संक्रमितले धरौटीविना नै सेवा पाउनेछन् किनकि यो सामुदायिक अस्पताल हो । राज्यले अस्पताल सञ्चालनका लागि कुनै अनुदान नदिने भएकाले हामीले सरकारले तोकेको शुल्क त लिनैपर्छ, धरौटी जम्मा गर्ने कुरा भने गलत छ ।’ तर, मंगलबार साँझसम्म पनि अस्पताल प्रशासनले सूचना भने सच्याएको छैन ।

ad
ad