१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दसैँ भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौँ : जनार्दन शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:oo:oo

नेकपाका नेता तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्मा प्रभाकरले कोरोना महामारीका वेला दसैँ भत्ताका रूपमा सांसदलाई दिने पैसाले भेन्टिलेटर किन्न आग्रह गरेका छन् ।

उनले फेसबुक पेजमा स्टाटस लेख्दै यस्तो आग्रह गरेका हुन् । उनले स्टाटस  लेखेका छन्, ‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो । यस्तो वेला दसैँ भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौँ । दसैँ भत्तास्वरूप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नुपरेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’ 

जनताले अक्सिजनका लागि संघर्ष गर्दा मौन बसेका सांसदहरूले दसैँ मनाउन नियमित तलब र सुविधाबाहेक तीन करोड सात लाख ५४ हजार चार सय १० रुपैयाँ भत्ता लिएकाे तथ्य सार्वजनिक भएपछि यसकाे विराेध सुरु भएकाे छ । 

ad
ad