मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक १ शनिबार १६:२५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : आज ३१ सय ६७ जना संक्रमित थपिए, १८ सय डिस्चार्ज भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक १ शनिबार १६:२५:००

देशमा पछिल्लो २४ घन्टामा ३१ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १५ हजार चार सय ३८ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ । 

आज १८ सयजना संक्रमित निको भई डिस्चार्ज भएका छन् । 

अहिलेसम्म कुल ८९ हजार आठ सय ४० जना डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ । 

हाल देशमा ३८ हजार सात सय ३७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल १३ हजार दुई सय ९९ जना संस्थागत आइसोलेसनमा र २५ हजार चार सय ३८ जना होम आइसोलेसनमा रहेको उनले बताए ।