१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस/एएनआई
२o८१ बैशाख २४ सोमबार १३:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट

भारतमा सक्रिय संक्रमित आठ लाखभन्दा कम, शुक्रबार थपिए ६५ हजार संक्रमित 

Read Time : < 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:३४:oo

भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण दर केही घटेको छ । जसका कारण सक्रिय संक्रमित पनि घट्दै गएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिले भारतमा सक्रिय संक्रमितको संख्या आठ लाखभन्दा कम भएको छ । दुई साताअघिसम्म पनि भारतमा ९–१० लाख सक्रिय संक्रमित थिए । 

मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता सक्रिय संक्रमित अवस्थामै रहेकाहरूको यो संख्या अहिलेसम्मकै कम हो । ‘भारतमा संक्रमित अवस्थामै रहेकाहरूको संख्या पछिल्लो समयमा लगातार बढ्दै गएकोमा अहिले आठ लाखभन्दा कम भएको हो ,’ मन्त्रालयले ट्विटरमा लेखेको छ ।

मन्त्रालयका अनुसार अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या सात लाख ९५ हजार ५३ रहेको छ । तीमध्ये ६६ हजारभन्दा बढी पछिल्लो २४ घन्टामा संक्रमण पुष्टि भएका हुन् । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ७४ लाख ३२ हजार ६ सय ८१ पुगेको छ ।

एक लाख १२ हजार नाै सय ९८ को मृत्यु
भारतमा कोरोनाका कारण अहिलेसम्म कुल एक लाख १२ हजार नौ सय ९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तीमध्ये आठ सय ३७ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको छ । कोरोना संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरूको संख्या भने भारतमा अहिलेसम्म ६५ लाख २४ हजार पाँच सय ९५ रहेको छ ।

ad
ad