मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक १ शनिबार ०७:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नारायणकाजी श्रेष्ठ एक्ला  सांसद जसले दसैँ भत्ता मात्रै होइन, चैतयता तलब पनि लिएका छैनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक १ शनिबार ०७:२३:००

संसद् सचिवालयका अनुसार सांसदहरूले गत बिहीबारअगाडि नै दसैँ पेस्की पाएका छन् । संविधानतः प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ सदस्य गरी संघीय संसद्मा तीन सय ३४ हुन्छन् ।

तर, उनीहरूमध्ये राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले मात्र दसैँ भत्ता लिएका छैनन् । उनले कोभिड महामारी नियन्त्रण नभएसम्म आफ्नो नियमित तलब पनि बन्द गरिदिन भन्दै संसद् सचिवालयलाई पत्र लेखेका थिए । चैतयता उनले तलब लिएका छैनन् । त्यस्तै राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य वामदेव गौतमको पद नै अदालतमा विचाराधीन रहेकाले उनको तलब र भत्ता रोकिएको छ । 

त्यस्तै, प्रतिनिधिसभातर्फ पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार, कैलाली घटनामा जेलमा रहेका सांसद रेसम चौधरी, बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा झेलिरहेका विजय गच्छदार र रौतहट बमकाण्डमा जेल परेका मोहम्मद आफताब आलमको तलब–सुविधा स्वतः रोकिएको छ । 

मन्त्रीहरूको तलब पनि मन्त्रिपरिषद्बाटै जाने भएकाले संसद्बाट निकासा भएको छैन । तर, तीनजना नवनियुक्त मन्त्रीले संसद्बाट दसैँ भत्ता बुझेर मन्त्रीको शपथ खाएका छन् । यसरी मन्त्रिपरिषद्का २२ सदस्य, चारजना निलम्बित सांसद, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबाहेक तीन सय ६ सांसदले दसैँ मनाउन पूरै एक महिनाको तलब बुझेका छन् । 

याे पनि पढ्नुहाेस् : महामारीबीच सांसद र पिएलाई दसैँ भत्ता वितरण