१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७७ असोज ३० शुक्रबार ०९:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई दसैँ–तिहार खर्च

Read Time : < 1 मिनेट
२०७७ असोज ३० शुक्रबार ०९:०२:००

बाग्लुङको गलकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई दसैँ–तिहार खर्च दिएको छ । नेपालीहरूको महान् चाड विजयादशमी, शुभ–दीपावली र छठ पर्व नजिकिँदै गर्दा नगरपालिकाभित्रका सम्पूर्ण ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च दिएको हो । विगत दुई वर्षदेखि सञ्चालनमा ल्याएको उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।

चालू वर्षको नीति तथा कार्यक्रममार्फत नै ज्येष्ठ नागरिकको सम्मानस्वरूप चाडपर्व खर्च दिने कार्यक्रमलाई निरन्तरता दिइएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

दसैँ–तिहार नजिकिएसँगै नगरपालिकाले नगरभित्रका ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च प्रदान गर्नुका साथै सम्मानसमेत गर्ने गरेको छ ।  

‘नगरभित्रका ज्येष्ठ नागरिकमध्ये ८५ वर्ष पुगेका आमाबाबुका लागि लक्षित गरेर हामीले कार्यक्रमलाई निरन्तरता दिएका छौँ,’ नगरप्रमुख गैरेले भने, ‘हामी आफैँ उपस्थित भएर एक व्यक्तिबराबर तीन हजार रुपैयाँका दरले चाडपर्व खर्चको रूपमा प्रदान गर्ने गरेका छौँ ।’

समाजको अगुवाका निम्ति नगरपालिकाको यो सानो कार्यक्रम रहेको र यसलाई आगामी दिनमा अझै प्रभावकारी ढंगले सञ्चालनमा ल्याउने गैरेको भनाइ छ ।

 कार्यक्रम सञ्चालनको सुरुवाती वर्षमा नगरभित्रका दुई सय ९८ जना ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिएको थियो भने गत आर्थिक वर्षमा तीन सय ७१ जनालाई वितरण गरिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी हेमन्तले बताए ।

भण्डारीका अनुसार यस वर्ष तीन सय ६ जनालाई चाडपर्व खर्च वितरण गर्ने लक्ष्य रहेको छ । ज्येष्ठ नागरिकलाई दसैँअगाडि नै सबै वडामा रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।