१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भेरीखोलाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:१२:oo

जुम्लामा यसपटकको हिउँदमा खासै हिउँ परेन। जलवायु परिवर्तनको असरले हिउँदे मौसममा हिउँ नपरे पनि चैतमा पानी परिरहेको छ। चैतमा पनि हिउँदमा जस्तै चिसो नै छ।

चिसोबाट बच्न जुम्लाको तातोपानी गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। जनतासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत ३६७ जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले जानकारी दिइन्।

उनका अनुसार वडा नं ७ र ८ भेरीखोलाका ६८ वर्षमाथिका नागरिकलाई सात लाख ६० हजार रुपैयाँबराबरको ज्याकेट र स्वेटर वितरण गरिएको हो।

ad
ad