१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काेराेना असर : उच्च अदालत दिपायलको सेवा एक साताका लागि बन्द  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:२३:oo

उच्च अदातल दिपायलले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ । अदालतमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि लागू हुनेगरी आन्तरिक प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतका निमित्त रजिस्ट्रार सीता रेग्मीले बताइन् । 

उनले भनिन्, ‘अदालतका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ, अरूलाई पनि नहोस् भनेर अदालतका आन्तरिक प्रशासनिक कामबाहेकका अन्य कामकारबाही एक साताका लागि बन्द गरेका छौँ ।’    

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अदालतमा कार्यरत सबै कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पठाइएको रजिस्ट्रार रेग्मीले जानकारी दिइन् ।     

ad
ad