१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २५ आइतबार
  • Saturday, 05 July, 2025
२o७७ असोज २५ आइतबार १८:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भक्तपुरको प्रस्ताव– पुनः निषेधाज्ञा गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज २५ आइतबार १८:१६:oo

कोरोना महामारी  भयाभह बन्दै गर्दा भक्तपुर नगरपालिकाले पुनः निषेधाज्ञा लागू गर्न माग गरेको छ । नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको दर बढेकाले संघीय सरकारअन्तर्गतको जिल्ला प्रशासन कार्यालयलाई पुनः निषेधाज्ञा लागू गर्न माग गरेको हो ।

उपत्यकामा मात्रै दैनिक २५ सयभन्दा बढी संक्रमण पुष्टि भइरहेकाले थप भयावह हुनुअगावै निषेधाज्ञा लागू गर्न आग्रह गरिएको मेयर सुनील प्रजापतिले बताए । नगरपालिकाले दसैँमा नगर क्षेत्रमा हुने जात्रा, पर्व र तलेजु भवानी मन्दिरमा बलि दिने प्रथालाई स्थगित गरिसकेको छ ।

नगरपालिकाले थप संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारलाई विगतमा जस्तै अतिआवश्यक सेवाबाहेकका अन्य सेवाहरू बन्द हुने गरी पुनः निषेधाज्ञा गर्न अनुरोध गरेको छ ।

बैठकमा उपस्थित भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा कोरोनाको जोखिम निकै बढेकोमा चिन्ता व्यक्त गर्दै नजिकिँदै गरेको दसैँमा भिडभाड रोक्न जिल्ला प्रशासन कार्यालय तदारुकताका साथ अगाडि बढिरहेको बताइन् । उनले नगरपालिकाको प्रस्तावलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिइन् ।