मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २५ आइतबार १०:३७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट विदेशमा थप १७ नेपालीको निधन

Read Time : < 1 मिनेट
२०७७ असोज २५ आइतबार १०:३७:००

कोरोना संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझसम्म साउदी अरबमा १६ र युएईमा एकजनाको कोरोना संक्रमणबाट निधन भएको हो । 

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले नाै महिनामा नेपालबाहेक १८ देशमा बस्ने दुई सय ८१  जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको जानकारी दिए ।

संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्यान्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।  

समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ४२ देशका  ४० हजार सात सय ३५ नेपाली कोरोना संक्रमित भएका र त्यसमध्ये ३६ हजार ६ सय ७३ जना नेपाली भने निको भइसकेका छन् । 
संक्रमित निको हुने प्रतिशत ८९ रहेको संघले जनाएको छ ।