आइसोलेसनमा नबस्ने कोरोना संक्रमितलाई ६ महिना कैद : स्वास्थ्य मन्त्रालय

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमण भए पनि आइसोलेसनमा नबस्नेलाई संक्रामक रोग ऐनअनुसार पक्रेर कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित आइसोलेसनमा नबसे ऐनअनुसार ६ महिना कैद सजाय हुने बताए ।

‘केही संक्रमित आइसोलेसनमा नबसेको भन्ने सूचना हामीलाई प्राप्त भएको छ,’ गौतमले भने, ‘हामीले गृह मन्त्रालय र सबै जिल्ला प्रशासन कार्यालयलाई आइसोलेसनमा नबस्ने संक्रमितलाई पक्रेर कारबाही गर्न सूचना गरिसकेका छौँ ।’

संक्रमित बाहिर हिँडेको अवस्थामा घरपरिवार र छिमेकीलाई अनुगमन गरी खबर गर्न उनले अनुरोध गरे । 

सुझावित समाचार