काेराेना मिटर : कुल संक्रमित संख्या एक लाख नाघ्यो, आज थप दुई हजार ५९ जनामा संक्रमण पुष्टि

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ६ सय ७६ पुगेको छ ।

यो अवधिमा १३ हजार दुई सय ७९  जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज १६ सय ८० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ७३ हजार २३ जना  संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । 

हाल सक्रिय संक्रमित भने २७ हजार ५३ जना छन् । 

संक्रमित निको हुने दर ७२.५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

संस्थागत आइसोलेसनमा ११ हजार एक सय ७६ जना र होम आइसोलेसनमा १५ हजार आठ सय ७७ जना रहेको मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार