१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २३ शुक्रबार १६:२५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर :  कुल संक्रमित संख्या एक लाख नाघ्यो, आज थप दुई हजार ५९ जनामा संक्रमण पुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २३ शुक्रबार १६:२५:००

पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ६ सय ७६ पुगेको छ ।

यो अवधिमा १३ हजार दुई सय ७९  जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज १६ सय ८० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ७३ हजार २३ जना  संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । 

हाल सक्रिय संक्रमित भने २७ हजार ५३ जना छन् । 

संक्रमित निको हुने दर ७२.५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

संस्थागत आइसोलेसनमा ११ हजार एक सय ७६ जना र होम आइसोलेसनमा १५ हजार आठ सय ७७ जना रहेको मन्त्रालयले जनाएको छ ।