१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज २० मंगलबार १६:२६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : आज थप १५ सय ५१ जनामा संक्रमण, २३ सय ४० जना निको भए

Read Time : < 1 मिनेट
२०७७ असोज २० मंगलबार १६:२६:००

पछिल्लो २४ घन्टामा देशभर १५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा ११ हजार ४७ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ९० हजार आठ सय १४ पुगेको छ ।

आज  २३ सय ४० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ६७ हजार पाँच सय ४२ जना  संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । 

संक्रमित निको हुने दर ७४.३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सक्रिय संक्रमितको संख्या २२ हजार सात सय नौ  पुगेको छ । 

संस्थागत आइसोलेसनमा नौ हजार एक सय १८ जना र होम आइसोलेसनमा १३ हजार पाँच सय ९१ जना रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये  दुई सय ४३  जना आइसियू र ४० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।