मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १४ बुधबार १६:५१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पिसिआर परीक्षणमा बढी पैसा लिने ल्याबलाई शुल्क समायाेजन गर्न स्वास्थ्य मन्त्रालयको २४ घन्टे चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १४ बुधबार १६:५१:००

पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ताेकिएकाेभन्दा बढी शुल्क लिने आठवटा प्रयोगशालालाई २४ घन्टाभित्र शुल्क समायोजन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयस्तरीय इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस) ले गरेको निर्णय सुनाउँदै बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुल्क समायोजन नगरे प्रयोगशाला परीक्षणको स्वीकृति खारेज गरिने निर्णय भएकाे बताए ।

गौतमका अनुसार गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदनअनुसार आठवटा ल्याबले बढी शुल्क लिएर परीक्षण गरिरहेको पाइएको छ ।

‘बढी शुल्क लिएका प्रयोगशालालाई एकपटकका लागि चेतावनी दिने र २४ घन्टाभित्र तोकिएको शुल्क समायोजन नगरेमा प्रयोगशालाको परीक्षण स्वीकृति खारेज गरी पत्राचार गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय भएको छ,’ गौतमले भने ।

बढी शुल्क लिनेमा ह्याम्स अस्पताल, डिकोड ल्याब,  इन्ट्राप्रिड डायग्नोस्टिक, स्टार अस्पताल, नेपाल मेडिसिटी, बी एन्ड बी, सेन्ट्रल डायग्नोस्टिक, साैर्या हेल्थकेयर छन् । 

स्वास्थ्य मन्त्रालयले २८ भदौको निर्णयअनुसार देशभरका सबै प्रयोगशालाले पिसिआर परीक्षण गर्दा बढीमा दुई हजार शुल्क मात्र लिन पाउने ताेकेको थियो ।

तोकिएकोभन्दा बढी शुल्क लिने गरेका प्रयोगशालालाई कालो बजारीअन्तर्गत कारबाही गर्न गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय भएकोसमेत उनले बताए ।