मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज १४ बुधबार १५:५३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेशमा थप ५७ जनामा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
२०७७ असोज १४ बुधबार १५:५३:००

कर्णालीमा बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको हो । 

सुर्खेतका २४ जना, सल्यान २२ जना, कालिकोटका पाँचजना, जुम्लाका दुईजना, दैलेखका दुईजना, मुगु एकजना र अन्य प्रदेशका एकजना गरी ५७ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत रामप्रसाद सारूले जानकारी दिए । 

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ३५ सय ५१ पुगेको छ । 

बुधबार कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ३४ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको अधिकृत सारूले जानकारी दिए । ‘कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २९ सय ३९ पुगेको छ,’ उनले भने, ‘हाल सक्रिय संक्रमितको संख्या पाँच सय २९ रहेको छ ।’