१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

गण्डकी प्रदेशमा थपिए ३० जना कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:o९:oo

गण्डकी प्रदेशमा बुधबार थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा नवलपुरको गैँडाकोटका मात्रै २८ जना छन् ।

गैँडाकोटकाे वडा नम्बर २ मा १४ जना संक्रमित थपिएका छन् । वडा नम्बर १ मा तीनजना, १३ र १४ मा एक–एकजना र वडा नम्बर ४ का तीनजना छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाकाे वडा नम्बर २ का एकजना र गोखराको आरुघाट वडा नम्बर ९ का एकजना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार बुधबार थपिएकासहित प्रदेशमा जम्मा संक्रमितको संख्या तीन हजार आठ सय ६३ पुगेको छ । प्रदेशमा अहिलेसम्म कोरोना दुई हजार सात सय ३५ जना निको भइसकेका छन् । हाल सक्रिय संक्रमित भने एक हजार ९५ जना रहेको निर्देशनालयले जनाएको छ । 

प्रदेशमा अहिलेसम्म ६८ हजार नौ सय ७२ जनाको पिसिआर विधिबाट नमुना परीक्षण भएको छ । कोरोना संक्रमणका कारण यस प्रदेशमा अहिलेसम्म ३३ जनाले ज्यान गुमाएका छन् । 
 

ad
ad