१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : आज १५ सय १३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:१६:oo

पछिल्लो २४ घन्टामा १५ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

यो अवधिमा १० हजार आठ सय ९१ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ७६ दुई सय ५८  पुगेको छ । 

त्यसैगरी आज सात सय ३१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

कुल निको हुनेको संख्या ५५ तीन सय ७१ पुगेको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना निको हुने दर ७२.६ प्रतिशत रहेको पनि जानकारी दिए । 

हाल देशभर २० हजार तीन सय ९६ जना सक्रिय कोरोना संक्रमित रहेको गौतमले बताए । 

संक्रमितमध्ये दुई सय १३ जनाको आइसियू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

ad
ad