मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ असोज १३ मंगलबार १३:४९:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना महामारीका कारण पेरूको समग्र स्वास्थ्य प्रणाली नै संकटमा

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ असोज १३ मंगलबार १३:४९:००

कोरोना महामारीका कारण पेरूको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्यमन्त्री पिलार मज्जेतीले चेतावनी दिएका छन् । 

पहिलो लहरको कोरोना संक्रमण केही साम्य हुने क्रममा रहेको छ । तर, १ अक्टोबरदेखि पेरूमा सामाजिक तथा आर्थिक गतिविधि सुरु भएसँगै प्रकोपको दोस्रो लहरको जोखिम बढेको उनले स्थानीय सञ्चारमाध्यमहरूमा बताएका छन् । ‘यदि हामीले यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकेनौँ भने दोस्रो लहरको महामारी बढ्ने जोखिम छ । जसले पेरूको स्वास्थ्य सेवा प्रणालीमा नै व्यापक असर पर्नेछ ।’  

स्वास्थ्यसँग सम्बद्ध सबै निकायको सहकार्यका कारण नियन्त्रणका कैयौँ उपाय सफल भएको र उच्च रक्तचाप, मधुमेह तथा मिर्गौलासम्बन्धी समस्या जस्तै दीर्घकालीन रोगका लागि समस्या नआएको, तर सचेतना र सतर्कता नभएमा स्वास्थ्य प्रणाली प्रभावित हुने उनको भनाइ थियो । 

सोमबारसम्ममा पेरूमा संक्रमितको संख्या आठ लाख आठ हजार सात सय १४ पुगेको छ भने ३२ हजार तीन सय २४ संक्रमितको मृत्यु भएको छ ।