१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मास्कविना प्रयोग गरिएको प्लास्टिक फेससिल्डले संक्रमणबाट बचाउँछ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:२५:oo

कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क, प्लास्टिक फेससिल्ड, पिपिई, पन्जाको प्रयोग गरिन्छ । सामान्यतः भाइरस कुनै पनि माध्यमबाट मुखसम्म नपुगोस् भन्नकै लागि यस्ता सामग्रीको प्रयोग गरिँदै आएको छ । भिडभाडमा हिँड्दा मास्क वा फेससिल्डको अनिवार्य प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । पछिल्लो समय गरिएको एक अध्ययनले मास्कविना प्रयोग गरिने फेससिल्डले संक्रमणबाट बच्न प्रभावकारी नहुने निष्कर्ष निकालेको छ । 

न्युयोर्क टाइम्सका अनुसार जापानको कोबेमा सरकारी अनुसन्धान केन्द्र रिकेनले विश्वको सबैभन्दा दु्रत रूपमा चल्ने कम्प्युटरको प्रयोग गरेर सो अध्ययन गरेको हो । अध्ययनअनुसार प्लास्टिक फेससिल्ड प्रयोग गर्दा हावामा भएका झन्डै शतप्रतिशत ५ माइक्रोमिटरभन्दा कम आकार भएका ड्रपलेट मुखसम्म सजिलै पुग्न सक्छन् । अनुसन्धान संस्था रिकेनले भिडभाडमा फेससिल्डले भाइरस संक्रमण नरोक्ने भएकाले मास्ककै प्रयोग उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

संक्रमितको मुखबाट निस्केका ड्रपलेट्सहरूको माध्यमबाट सर्ने भाइरस फेससिल्डले रोक्न सक्दैन । मास्कको प्रयोग गर्न नमिल्ने जस्तै साना बालबालिका र श्वासप्रश्वासको समस्या भएका व्यक्तिले मात्रै फेस सिल्ड प्रयोग गर्न सक्छन् । तर, फेससिल्ड खुला स्थान र पर्याप्त मात्रामा भेन्टिलेसन भएका कोठाका लागि मात्र उपयुक्त हुने अध्ययनले जनाएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) अमेरिकाले भाइरस फैलिनबाट बच्न प्लास्टिक फेससिल्डको प्रयोगभन्दा कपडाको मास्क उपयुक्त हुने सल्लाह दिएको छ । संक्रमण न्यूनीकरणका लागि मास्कले महत्वपूर्ण भूमिका खेलिरहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् ।

अनिवार्य मास्कको प्रयोग गरिएका स्थानमा संक्रमणको दर आधाभन्दा धेरै घटेको पाइन्छ । सामान्यतः यदि कुनै व्यक्ति संक्रमित भएमा फेससिल्डले ती व्यक्तिको मुखबाट निस्कने ड्रपलेट्स टाढासम्म पुग्न सक्दैनन् । जसले गर्दा अन्य व्यक्तिमा सर्ने सम्भावना कम रहन्छ । अर्को व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा टाढासम्म पुग्न सक्ने ठूला ड्रपलेट्सबाट बचाउन पनि फेससिल्ड प्रभावकारी मानिन्छ । नजिकको व्यक्तिबाट सर्न सक्ने जोखिमका लागि फेससिल्डको प्रयोग निकै प्रभावकारी मानिए पनि हावामा हुने एरोसेलबाट हुन सक्ने जोखिमबाट बच्न फेससिल्ड प्रभावकारी मानिँदैन । 

 एजेन्सीको सहयोगमा

ad
ad