१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप २१ जना गैरआवासीय नेपालीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १२:o५:oo

कोरोना संक्रमणबाट थप २१ जना गैरआवासीय नेपालीको निधन भएको छ । 

गैरआवासीय नेपाली संघले पछिल्लो विभिन्न मितिमा थप २१ जनाको निधन भएको जानकारी दिएको हो । 

संघका अनुसार कुवेतमा पाँचजना, साउदी अरबमा १४ जना, युएईमा एकजना, युगान्डामा एकजना गरी शनिबार साँझसम्म १७ देशमा रहेका दुई सय ६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको हो । 

संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार आठ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन् । 

तीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।  

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, युएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको हो ।

ad
ad