कोरोना संक्रमित थप आठजनाको निधन

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

२४ घन्टाभित्र कोरोना संक्रमणबाट थप आठजनाको निधन भएको छ ।

निधन हुने सबै पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ६७ पुगेको छ । 

मृत्यु हुनेमा काठमाडौंका २० वर्षीय र ७४ वर्षीय गरी दुईजना छन् । त्यसैगरी सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका एक–एकजनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

सुझावित समाचार