मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज १० शनिबार १६:३७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप आठजनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज १० शनिबार १६:३७:००

२४ घन्टाभित्र कोरोना संक्रमणबाट थप आठजनाको निधन भएको छ ।

निधन हुने सबै पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ६७ पुगेको छ । 

मृत्यु हुनेमा काठमाडौंका २० वर्षीय र ७४ वर्षीय गरी दुईजना छन् । त्यसैगरी सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका एक–एकजनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।