काेराेना मिटर : आज थपिए १२ सय सातजना संक्रमित

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर १२ सय सातजना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यो अवधिमा १० हजार १९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकोसमेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ७१ हजार आठ सय २१ पुगेको छ ।

हाल सक्रिय संक्रमित भने १८ हजार तीन सय ४१ जना छन् ।

विगत २४ घन्टामा देशभरबाट ११ सय ४७ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ५३ हजार १३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

संक्रमित निको हुने दर ७३.८ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

मन्त्रालयका अनुसार संक्रमितमध्ये आइसियूमा दुई सय २४ र भेन्टिलेटर २७ जनाको उपचार भइरहेको छ । 

सुझावित समाचार