मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ६ सोमबार
  • Monday, 19 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ८ बिहीबार १६:३९:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

कोरोनाबाट थप १७ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ८ बिहीबार १६:३९:००

२४ घण्टाभित्र कोरोना संक्रमणबाट थप १७ जनाको निधन भएको छ ।

योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ५३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचजना महिला र १२ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।

संक्रमणबाट निधन हुनेमा काठमाडौंका एक महिला र तीन पुरुष गरी चारजना छन् । धनुषाका दुई पुरुष, भक्तपुरका एक महिला र एक पुरुष गरी दुई जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी मोरङकी, सुनसरी, धादिङका एक–एक महिलाको मृत्यु भएको हो । झापा, रौतहट, तनहुँ, दाङ, कपिलवस्तु र नवलपरासीका एक–एकजना पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।