मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ८ बिहीबार ०८:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई दिनपछि बढ्यो नेप्से

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ८ बिहीबार ०८:५३:००

लगातार दुई दिनको गिरावटपछि नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से करिब १० अंकले बढेर १ हजार ५ सय ५५ बिन्दुसम्म पुगेको हो । कारोबारको मध्यमा १ हजार ५ सय ३४ सम्म पुगेर नेप्से फर्किएको हो । नेप्सेले ‘हेड एन्ड सोल्जर’ बनाउने सम्भावना देखिँदै गएको छ ।

यस्तो आकृतिमा दायाँ–बायाँ दुई उचाइको बीचमा एउटा अलि ठूलो उचाइ बिन्दु हुन्छ । यो आइडेन्टिकल अर्थात् भनेकै जस्तो आकृतिमा नभएर केही तलमाथि हुँदासमेत प्रभाव देखिन सक्छ । बजारमा तरलता पर्याप्त रहेकाले प्रभाव देखिनेछ वा छैन भन्न अहिले नै सम्भव देखिँदैन । तर, पर्ख र हेरको रणनीति अपनाउनु सही हुन्छ ।  

 ब्रोकरबाट ७० प्रतिशत मार्जिन लोन
अब ब्रोकरबाट समेत ७० प्रतिशतसम्म मार्जिन कर्जा पाइने भएको छ । यसअघि ५० प्रतिशतसम्म यस्तो कर्जा पाइने व्यवस्था थियो । धितोपत्र बोर्डको निर्देशनअनुसार नेप्सेले कार्यविधि संशोधन गरेको छ । तर, ब्रोकरहरूले मागजस्तै एउटा ऋणीले पाएको मार्जिनबाट अधिकतम कम्पनीमा लगानी गर्नैपर्ने व्यवस्था भने नहट्ने भएको छ ।

हाल एउटा ऋणीले ब्रोकरबाट पाएको यस्तो मार्जिन कर्जा रकमबाट एउटा कम्पनीमा १० प्रतिशतभन्दा धेरै लगानी गर्न पाउँदैन । यो व्यवस्थाको कारण ऋणीले कम्तीमा १० वटा कम्पनीमा लगानी गर्नुपर्ने हुन्छ । ‘राम्रा एक–दुई कम्पनीमा मात्र कर्जा लिएर लगानी गर्छु भन्न नपाइने अवस्था छ, ।’