
सिरिए क्लब युभेन्टसका भेट्रान स्ट्राइकर गोन्जालो हिगुइन अमेरिकन मेजर सकर लिगमा स्थानान्तर हुने भएका छन् । विश्व चर्चित फुटबलर डेभिड बेकह्यामको स्वामित्वमा रहेको इन्टर मियामीमा हिगुइन जान लागेको इटालिन एजेन्सीले जनाएकोछ । हिगुइन र मियामीबीचको वार्ता अन्तिम चरणमा पुगेको छ ।
बेकह्यामले हिगु्इनको आगमनमा एमएलएल लिगको महत्व बढने बताएका छन् । हिगुइनले युभेन्टसलाई आफू यसै सिजनमा अन्य क्लबमा जाने जानकारी दिइसकेका छन् । मियामीले राम्रो प्रस्ताव राखेको कारण नै अन्य युरोपियन क्लबमा नजर नपरेको हिगुइनको भनाई छ ।
२०१८ मा रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डो युभेन्टसमा आएपछि अर्जेन्टिनी स्ट्राइकर हिगुइनले त्यति धेरै स्थान बनाउन सकेनन् । करिअरको उत्तराद्र्धमा रहेका हिगुइन आफ्नो फुटबल जीवन अमेरिकन सकर लिगबाट समाप्त पर्ने योजना बनाएका छन । सन् २०१६ मा उनी सिरिए क्लब नेपोलीबाट युभेन्टसमा आएका थिए । उनले युभेन्टसबाट ६६ गोल गरेका छन् ।