
निर्माण व्यवसायी संघ बैतडीका अध्यक्ष सुरेश चन्दले पाँच करोडको लगानीमा आधुनिक बाख्रा फार्म सञ्चालन गरेका छन्। उनका फार्ममा भारतको राजस्थानबाट ल्याइएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्रा छन्।
फार्ममा ५–६ प्रकारका उन्नत जातका १५० बाख्रा छन्। सिरोही जातको एउटै बोको १८० किलोको छ।
कम्पनी दर्ता गरेर बाख्रापालन सुरु गरेका चन्दले ६ जनालाई रोजगारी दिएका छन्। चार तलाका दुईवटा भवनमा एक हजार बाख्रा पालन गर्न सकिने गरी संरचना निर्माण गरेका छन्।
स्वदेशमै व्यवसाय गरेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि बाख्रापालन थालेको चन्द बताउँछन्। बाख्रापालनसँगै आगामी दिनमा कालिज, गाई, भैँसी र बंगुरपालन पनि गर्ने योजना रहेको उनले सुनाए।
थप हेर्नुस् बैतडीबाट लाेकेश साउदकाे भिडियाे रिपाेर्ट :