१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख २६ शुक्रबार २o:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिल्लीस्थित नेपाली दूतावासले भन्यो– आपतकालीन अवस्था आए सम्पर्क गर्नू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार २o:५o:oo

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ ।

शुक्रबार दूतावासले सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ ।

त्यस्तै, आपतकालीन अवस्था आएमा नयाँदिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकातामा आवश्यक समन्वय र सहजीकरणका लागि सम्पर्क गर्नसमेत सूचनामा आग्रह गरिएको छ ।