
नेकपा माओवादी केन्द्रले आगामी जेठ महिनादेखि सञ्चालन गर्न लागेको मध्यपहाडी लोकमार्गकेन्द्रित जागरण अभियानको कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिकाअनुसार आगामी जेठ १ गते बेलुका डडेल्धुरामा, २ गते बैतडीको पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद कार्यक्रम राखिएको छ । त्यसैगरी, जेठको ३ गते अछामको मंगलसेनमा जनसंवाद, ४ गते दैलेखको सदरमुकाम दुल्लुमा र ५ गते जाजरकोट खलंगामा जनसंवाद कार्यक्रम तय भएको छ । ६ गते पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थवाङमा जनसभा, ८ गते बागलुङमा जनसंवाद, ९ गते पर्वतकाे कुस्मामा जनसंवाद र १० गते कास्कीको पोखरामा जनसभा तय भएको हो ।
माओवादी केन्द्रले यसअघि एकमहिने हुलाकी राजमार्गकेन्द्रित तराई–मधेश जागरण अभियान सञ्चालन गरेको थियो । सो क्रममा करोडभन्दा बढी जनतासँग प्रत्यक्ष संवाद गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका थिए ।