१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २ शुक्रबार ०८:२६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाई ग्रान्ड आई टेन नियोस नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २ शुक्रबार ०८:२६:००

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ उत्पादन हुन्डाई ग्रान्ड आई टेन नियोसलाई नेपालमा सार्वजनिक गरेको छ । हुन्डाई ग्रान्ड आई टेनको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिस र थप विशेषताहरू भएको ग्रान्ड आई टेन नियोस बजारमा ल्याएको हो । 

यो गाडीमा कप्पा डुअल भिटिभिटी प्रविधिमा आधारित १.२ लिटर पेट्रोल इन्जिन रहेको जनाइएको छ । ८३ पिएस÷६००० आरपिएम सर्वाधिक पावर दुवै म्यानुुअल तथा स्वचालित ट्रान्समिसन विकल्पमा पाउन सकिने जनाइएको छ । यसमा ग्लस्सी ब्ल्याक रेडिएटर ग्रिल, बुमराङ आकारको एलइडी डिआरएल, स्टाइलिस टेल ल्याम्प, सार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा १४ इन्च एलोय ह्विल रहेको छ । ग्रान्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिलजस्ता रङहरूमा उपलब्ध रहेको जनाइएको छ ।

यसमा एप्पल कारप्ले, एन्ड्रोइड अटो र बेस्ट इन सेग्मेन्ट टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०–२५ सिएम) का साथै रियर एसी भेन्टजस्ता सुविधा रहेको कम्पनीको दाबी छ । सुरक्षित यात्राका निम्ति यसमा स्ट्रङ बडी स्ट्रक्चर, फ्रन्ट डुअल एयरब्याग, सेन्सर भएको रेयर पार्किङ क्यामेरा, इबिडीका साथ एबिएसजस्ता सुविधा रहेको कम्पनीले जनाएको छ । यसको सुरुवाती मूल्य ३० लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।