भारतका केन्द्रीय यातायातमन्त्री नितिन गड्करीलाई कोरोना भाइरस संक्रमण भएको छ ।
उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।
पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकालाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन उनले आह्वान गरेका छन् ।
‘मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आयो,’ उनले बुधबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।
Yesterday, I was feeling weak and consulted my Doctor. During the course of my check up, I have been tested COVID 19 positive. I am at present doing well with the blessings and good wishes of all. I have isolated myself.
— Nitin Gadkari (@nitin_gadkari) September 16, 2020